Bisal Chautari Logo

हिम्मतवालीमा रेखाले निर्देशन प्लस भुसतिघ्रेसँग लाप्पा खेल्दै

- २८ फाल्गुन २०७०, बुधबार ०७:४४ मा प्रकाशित


‘Himmatwali’ Rekha Thapa kicked him out
विशाल चौतारी समाचार
कठमाडौं, २७ फागुन ।
निर्माण भइरहेको चलचित्र ‘हिम्मतवाली’मा अभिनेत्री रेखा थापा भुसतिघ्रेसंग लाक्पा खेलेकी छिन् । सुदुरपश्चिमको महेन्द्रनगरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्षण आसपासको तातो बालुवामा भुसतिघ्रे अभिनेत्री थापाले चलचित्रका लागी लाक्पा खेलेकी छिन् । करिव १५ दिन अगाडी देखि हिम्मतवालीको शुटिङमा महेन्द्रनगर रेहका चलचित्र युनिट अझै १५ दिन उतै बस्ने भएका छन् ।
शुक्लाफाँटाभित्र अधिकांश दृश्यहरु शुटिङ गरिएको हिम्मतवालीका केही दृश्यहरु उनले त्यहाँका थारु बस्तीमा शुटिङ गराउने योजना बनाएकको बुझएको छ । यसैक्रममा गीतको शुटिङका निर्देशन गरिरहेका चलचित्र निर्देशक श्याम भट्टराई भने बिरामी भएर काठमाडौं फकिर्एपछि सो कामसमेत अभिनेत्री रेखाले आफैं जिम्मा लिएकी छन् । अभिनेत्री थापाले सुदुरपश्चिममा अधिकांश चलचित्रहरुको शुटिङ हुने नगरेको र यहाँका धेरै स्थलहरु मनोरम र सुन्दर भए पनि शुटिङमा धेरै खर्च लाग्ने र यातायात, विद्युत लगायतको सुविधा पनि कम हुने भएकाले राजधानीबाट सुदुरपश्चिममा आएर शुटिङ गर्न निकै मुश्किल रहेको बताएकी छिन् । चलचित्र हिम्मतवालीमा सुदुरपश्चिममा विभिन्न पर्यटकीय स्थललाई समेत समेट्ने प्रयास गरिरहेकी अभिनेत्री थापाले बताएकी छिन् । जानकारी अनुसार आगामी १५ दिनमा काठमाडौं फकिर्एको दुई दिन पछि हिम्मतवालीको शुटिङ सकिने बताइएको छ ।

add

प्रतिक्रिया