Bisal Chautari Logo

संचारकर्मी विशालको निर्देशनमा गायिका रचनाको ‘पर्खेर बसुँ’ गीत सार्वजनिक (भिडियो सहित)

- २७ श्रावण २०७७, मंगलवार १५:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २७ मंगलबार । नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ । ‘पर्खेर बसुँ’ बोलको गीतको म्युजिक भिडियो केही दिन अगाडी सार्वजनिक गरिएको हो । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको संगीत रहेको छ। सार्वजनिक भिडियोमा बरुन लिम्बु र बेबो आचार्य फिचर्ड छन् ।

भिडियो हेर्नुहोस् :-

संचारकर्मी विशाल अर्यालको निर्देशनमा बनेको गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका छन् । भिडियोमा वैदेशिक रोजगारीमा श्रीमान् गए पछि स्वदेशमा महिलाले भोग्नु पर्ने दुर्ब्यवारलाई उजागर गर्न खोजिएको छ । दुर्गा धिमालको निर्माणमा बनेको गीतको भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया