Bisal Chautari Logo

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ गीतमा अभिनेता द्वय पल शाह र पुष्प खड्का फिचर

- २७ श्रावण २०७७, मंगलवार ०६:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २७ मंगलबार । चर्चित गायक दुर्गेश थापाको ‘आलु जस्तो गायक’ बोलको गीतमा चर्चित अभिनेता द्धय पल शाह र पुष्प खड्का देखिने भएका छन् । यो गीत केही समय अगाडी दुर्गेशको एक अन्तर्वार्ताको विवादको बिषयलाई केन्द्रित गरेर बनाइएको छ ।

चर्चित संगीतकार तथा गायक बसन्त थापाको शब्द तथा संगीत रहेको गीतलाई निर्देशक शिव बि.क.ले निर्देशन गरेका छन् । यस भिडियोलाई अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ । यो गीत चाडै सार्वजनिक गर्ने गायक दुर्गेशले बताएका छन् ।

यस गीतको बारेमा केही सुटिङका तस्बिरहरु सियर गर्दै दुर्गेशले केही शब्दहरु लेखेका छन् ।

Durgesh Thapa

जन्मदिने बाबुआमाको मांयामा पुलोकित दुर्केलाई दुर्गेश बनाउने,ठेसहरु लाग्दा उठाउने र गन्तब्य नपुग्दासम्म सिट्ठी फुक्ने,सर्वदा हिम्मत र प्रेरणा दिउरहने मेरो जीवनमा फुलै फुलको मौसम दिलाउने एक मात्र मेरो अभिभावक आदरणिय दाई बसन्त थापाको शब्द संगीतमा तयार भएको “आलु जस्तो गायक”ले मलाई म जस्तै हुर्कन,रहन र प्रस्तुत हुन सिकाउने छ भन्नेमा विश्वस्त छु ।
मलाई सुनाउन बसन्त दाई र साथीहरुले गर्नु भएको मेहनत र हेर्नका लागि साथ सपोर्ट र सहकार्य गर्नुहुने आदरणिय निर्देशक शिव वि.क क्यामेरा पर्शन अर्जुन तिवारी अहिलेका लेजेन्डर सबैका पृयनायक द्वय पल शाह र पुष्प खडकाज्यु सँगै सम्पुर्ण मेरो टिमलाई नतमस्तक सम्मान छ ।बाँकी प्रकृतीले सबैलाई फरक गुण,बिशेषता र क्षमता दिएर सुन्दर सृष्टिको रचना गरेको छ ।हामी गल्ति सहितका मानव हुनुको नाताले कहिकतै हुने कमीकमजोरीलाई सिकाईका प्रयासहरु मानिदिनुहुन र मैले गरेका सांगितीक कृयाक्लापहरू मेरो कला वा चर्तिकला जे मान्न पनि तपाईसम्पुर्णलाई छुट रहेको सम्पुर्ण जनजगतमा स-प्रेम अनुरोध पनि छ ???
#आलु जस्तो गायक?

प्रतिक्रिया