Bisal Chautari Logo

सुर्य चन्दको निर्देशनमा तिज गित “छम छम बजाउँदै चुरा“ सार्वजनिक (भिडियो सहित)

- २६ श्रावण २०७७, सोमबार १३:३० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन २६ सोमवार । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा“को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो । दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन ।

भिडियो हेर्नुहोस :-

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो । संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन् । भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

प्रतिक्रिया