Bisal Chautari Logo

सुष्मा र एलिना अभिनित तीज गीत ‘सैन’ सार्वजनिक (भिडियो सहित)

- २३ श्रावण २०७७, शुक्रबार १६:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७७ श्रावन २३ शुक्रवार । अभिनेत्रिद्वय सुष्मा कार्की र एलिना रायमाझि अभिनित तीज गीत ‘सैन’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भए संगै दुई अभिनेत्रिको चर्चा चुलियो । हुनत नेपाली गीत संगीत क्षेत्रमा रायमाझी परिवारको ठुलो योगदान छ । रायमाझी परिवारले निर्माण गरेको सिर्जना निकै राम्रो हुन्छ भन्ने कुराको छाप छोडी सकेको छ ।

भिडियो हेर्नुहोस् :-

उक्त गीतमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी तथा अबिमा गुरुङको आवाज रहेको छ । अभिनयमा दुई अभिनेत्रि एलिना रयामयाझी, सुष्मा कार्की, लोमश शर्मा र गायिका तथा कलाकार शर्मिला रायमाझी लगायत अन्य कलाकारहरुको समेत अभिनय रहेको छ । गीतमा शब्द संगीत गायक बिशाल रायमाझीको रहेको छ भने संगीत सयोजन कमल सौरागको रहेको छ ।
गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेको हो भने सम्पादन पनि राजकुमारले नै गरेको हुन् । भिडियाको छायाकंन सागर गौतमको रहेको छ ।

प्रतिक्रिया