Bisal Chautari Logo

टंक र बुनुको ’तोरी तेल २’ मा सरोज र आश्मा (भिडियो सहित)

- २३ श्रावण २०७७, शुक्रबार १२:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७७ श्रावन २३ शुक्रवार । गायक टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा ’तोरी तेल २’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शुक्रवार टङ्क बुढाथोकी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :-

गीतमा गायक टंक कै शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । यस भिडियोमा यी दुईको अभिनय र प्रस्तुति दर्शकको मन जित्ने खालको छ । गीतमा यी दुईलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने भिडियो निर्देशन पनि विष्टले नै गरेका हुन् । फरक कन्सेप्ट र फरक शैलीको प्रस्तुति सहित बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा आफूलाई मन परेको मान्छेको बारेमा प्रशंसा गरेर आमा बुवालाई मनाएको कुरा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया