Bisal Chautari Logo

प्रकाश सपुतको निर्देशनमा ‘बदला बरिलै’ (भिडियो सहित)

- १८ श्रावण २०७७, आईतवार १३:२६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, श्रावन १८ आइतवार । प्रकाश सपुतको शब्द, संगीत तथा निर्देशनमा रहेको मर्मस्पशी गीत ‘बदला बरिलै’ सार्वजनिक भएको छ । गीत प्रकाश सपुत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा देखाइएको छ ।

भिडियो हेर्नुहोस् :-

अभिनेत्रि केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ । अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया