Bisal Chautari Logo

पदम र मेलिनाको ’सख्खर चिनी’ गीतमा सरोज र आश्मा (भिडियो सहित)

- १६ श्रावण २०७७, शुक्रबार १५:३१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, श्रावन १६ शुक्रवार । पदम राई र मेलिना राईको आवाजमा ’सख्खर चिनी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

भिडियो हेर्नुहोस् :-

गीतमा डिपी खनालको शब्द रहेको छ भने शङ्कर थापा स्माइलको कम्पोज रहेको छ । गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् । भिडियोलाई गम्भिर बिस्टले निर्देशन गरेका हुन् भने सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । गीतमा प्रेमीकालाई फकाउन प्रेमीले गरेको बयान र प्रेमीलाई खुसी बनाउन प्रेमिकाले स्विकार गरेको तारिफलाई शब्दमा र सङ्गीतमा प्रस्तुत गरिएको छ । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ भने सरोज र आश्माको जोडी सधैँ झैँ गीतमा निकै खुलेको छ ।

प्रतिक्रिया