Bisal Chautari Logo

‘डक्टर डेनिम’ले मनिषलाई लिएर चलचित्र बनाउदै

- १६ श्रावण २०७७, शुक्रबार ११:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, श्रावन १६ शुक्रवार । क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ (DR.DENIM) ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ ।
प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले प्रमूख अभिनय गर्नेछन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।
चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराईएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरु भन्दा पहिले जानकारी दिईने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराईएको छ । केहि समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए ।
मनिष राउतको एउटा पनि चलचित्र रिलीज नभएतापनि दर्शक सामु चर्चित छन् । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत बर्षको अन्तिमदेखी चलचित्र ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए । तर नोबल कोरोनाभाईरसको महामारीको कारण रिलीज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन् । उनले ‘प्रेम गीत ३’मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ (DR.DENIM) ले ब्राण्ड एम्बेसडर बनाएको थियो ।’ मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागी ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ’, निर्माता गौतमले भने ’मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ । हामीले ’प्रेम गीत ३’को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केहि लघु चलचित्रको अभिनय हेरेका थियौँ । उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु’ । पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिम’मा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन् ।
स्क्रिप्ट तयार भईसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ ।

प्रतिक्रिया