Bisal Chautari Logo

किर्तिमानी गीतकार डिआरको ‘छक्कै परें’मा आस्मा र सरोज (भिडियो सहित)

- १५ श्रावण २०७७, बिहीबार ०६:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार । गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत ‘छक्कै परें’को भिडियो बुधबार दर्शकमाझ ल्याएका छन् । यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ । जसमा बिष्णु भट्टकै संगीत छ ।
गीतकार उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मेहनत गराएका छन् । गीत लेखेर नै गिनिज अफ वल्र्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन् । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ ।
यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् । उनले गीतमा सरोज र आस्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन् । उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया