Bisal Chautari Logo

ग्रामी अवार्ड विजेताको एल्बमका लागी, विश्वस्तरिय प्रतिस्पर्धामा नेपाली गायिका आस्था मास्के

- २८ फाल्गुन २०७०, बुधबार १७:३३ मा प्रकाशित


Astha Tamang Maskey : Vote for Your Favorite Cover of John Legend’s ‘All of Me’
We launched last week with a collection 25 of the best covers of  John Legend‘s tender single, “All of Me” and we need your help to crown the best rendition of the Love in the Future artist’s hit track. We are now now down to the Top 20 !
One week from today, on Tuesday, March 18, we will eliminate the 5 artists with the least amount of votes leaving a total of 15 artists to head in to Round 3.  After a total of five elimination rounds, the winner will be announced on April 8.  Fans are able to vote every 12 hours, so make sure to support your favorite artist by voting everyday!
विशाल राई
काठमाडौं, २८ फागुन ।
पछिल्लो समय नेपाली कलाकारहरु आफ्नै प्रयासबाट विश्वमा नेपालको नामसंगै गीत संगीतलाई पनि चिनाउँदै लगेका छन् । यस्तै क्रममा सामाजिक सञ्जालको माध्ययमबाटै नेपाली संगीतमा चर्चामा आएकी गायिका आस्था तामाङ मास्के एक विश्व चर्चित साङ्गीतिक प्रतियोगीतको फाइनलमा पुगेकी छिन् ।
नौ पटक सम्म  ग्रामी अवार्ड जितेका चर्चित अमेरिकी गायक जोन लिजेन्डको आउँदो एल्बमका लागि छानिने विश्वस्तरिय प्रतिस्पर्धामा एक नेपाली गायिका आस्था तामाङ मास्के पनि फाइनलमा पुगेकी हुन् ।
नेपालमै रहेर गिटारमा सधै गाइरहने गायिका मास्केको बारेमा विश्वका चचिर्त इन्टरटेनमेन्ट म्यागजिन र बेवसाइटहरुले फाइनलमा प्रवेश गरेकी नेपाली गायिकाको बारेमा लेखिरहेका छन् । ग्रामी विजेता लिजेन्डको ‘अल अफ मी’ एल्बममा संग्रहित हुने भोटिङका लागि नेपाली गायिका आस्थाले गाएको यो गीत पनि राखिएको छ ।
अहिले चलिरहेको दोस्रो राउन्डका लागि भैरहेको मतदानमा आफूलाई सहयोग गर्न गायिका आस्थाले नेपाली संगीतप्रेमीहरु सबैलाई आफ्नो फेसबुक फ्यान पेज ट्वीटरबाट आग्रह गरिरहेकी छिन् । एक चर्चित अनलाइन समाचार रायन सिक्रेस्टका अनुसार अहिले दोस्रो चरणको भोटिङमा विश्वभरिबाट २० जना कलाकारहरु समेटिएका छन् । समाचारको अनुसार भोटिङ गर्न रहेक १२ घण्टामा मिल्नेपनि जनाइएको छ ।
John Legend

आउँदो मार्च १८मा फाइनलमा प्रवेश गरेका मध्येबाट ५ उत्कृष्ट छानिनेछन् । र मतदानकै आधारमा अप्रिल ८ मा विजेता छानिनेछ ।  यस प्रतियोगीताका विजेताले विश्व संगीतका हस्ती लिजेन्डको सो एल्बममा समेटिनुका साथै विभिन्न कन्सर्टहरुमा पनि सहभागि हुने मौका पाउने बताइएको छ ।
नजिकबाट आस्था तामाङ मास्के :
आफ्नो पप संगित र गायनलाई कर्म थलो क्यानाडाको टोरन्टोमा बनाएर उतै बस्ने गरेकी गायिका आस्था तामाङ मास्केको जन्म थलो नेपाल हो । करिव २४ वषिर्या गायिका, गीताकार तथा गिटारिष्ट आस्थाको केही गीतहरु चर्चामा रहेका छन् ।

गायिका आस्थाले केही वर्ष अगाडी नै आफ्नो गीत, संगित तथा गायनमा दुई वटा म्युजिक एल्बम ल्याइसकेकी छिन् । प्राय अंग्रेजी गीत गाउने गरेकी गायिका आस्थाले ‘सबै ठिकै हुन्छ’ (२००९) मा ल्याएकी थिइन् । भने २०१० मा नेपाली प्लस अंग्रेजी गीत समेटिएको एल्बम थियो । उनको अहिले सम्म रिलिज भएका केही गीतहरु क्रमश: घामको न्यानो स्पर्सले, झुटो सत्य, खालि खाली यो छाती रित्तो छ, म एक सपना, खुला आकाश, स्टप फलोविङ मी, टुक्रा टुक्रा भएको मनलाई लगायत चर्चित रहेका छन् ।
टोरन्टोको सेनेका कालेजबाट स्वतन्त्र म्युजिक उत्पादनमा ग्याजुएसन सकाएर संगीतमै संर्घष गरिरहेकी गायिका मास्केको फेसबुक फ्यान २ लाख भन्दा बढि रहेका छन्, भने ट्विटरमा फलो गर्ने ३२ सय रहेका छन् । उनले सन् २००९ को इमेज टिभी अवार्डको ‘बेस्ट रक भोकल पर्फर्मान्स’का लागि मनोनित भएकी थिइन्, भने सन् २०१० मा कान्तिपुर रेडियोको ‘बेस्ट पप फिमेल भोकलिस्ट’मा पनि चुनिएकि थिइन् ।

+Help Astha Tamang-Maskey win by clicking here!

add

प्रतिक्रिया