Bisal Chautari Logo

मिलन र राजनराजको ‘तिमी उता म यता’ गीत सार्वजनिक (भिडियो सहित)

- १६ असार २०७७, मंगलवार १३:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, आषाढ १६ मंगलवार । राजन राज शिवकोटी र मिलन नेवारको ‘तिमी उता म यता’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द संगीत राजन राज शिवकोटीको नै रहेको छ । तयार भएको गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।
केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ ।

भिडियो हेनुहोस् :-

भिडियोमा छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।

प्रतिक्रिया