Bisal Chautari Logo

अदिती बुढाथोकीले आफ्नै घरमा जन्मदिन मनाइन्

- १४ असार २०७७, आईतवार १३:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १४ आइतवार । अभिनेत्रि अदिती बुढाथोकीको आज जन्मदिन रहेको छ । अदितीले आज आफ्नो जन्मदिन घरमै सेलिब्रेसन गरेकी छनु् । उनको घरमा मनाएको जन्मदिनको तस्बिरहरु सामाजिक सञ्जालमा सियर गरेकी छन् ।
अदितीलाई सामाजिक सञ्जालमा उनका फ्यान र आफन्तले शुभकामना दिइरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुवै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लकडाउन नभएको भए सुरेन्द्रले अहिले अदितीसँग दोश्रो प्रोजेक्टमा काम गरिरहेका हुन्थे ।
नायिका बुढाथोकीले पहिलो चलचित्रमा काम गरेपछि पर्दामा फेरि काम गर्न केही वर्ष लगाइन् । तर पनि उनलाई पहिलो चलचित्रले दिएको हाइपको फाइदा भने छ ।
अदिती चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनमा चलचित्रकर्मीले सम्भावना देखेका थिए । केही भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी अदिती मुम्बईमा रहेर संघर्ष गरिरहेकी छिन् ।

प्रतिक्रिया