Bisal Chautari Logo

पहिलो पटक ओखलढुंगामा पनि कोरोना देखियो

- ८ असार २०७७, सोमबार ०८:२९ मा प्रकाशित


corona virus(covid-19)positive in okhaldhunga
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार ।
पहिलो पटक ओखलढुंगामा लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । संक्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।
भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।
आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।

https://youtu.be/dMlQEHixhPg

प्रतिक्रिया