Bisal Chautari Logo

यातायात व्यवसायी, महँगो भाडा लिएर यात्रु ओसार्दै

- ८ असार २०७७, सोमबार ०७:५१ मा प्रकाशित


nepal news
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार ।
लामो समयदेखी लकडाउनले यातायातहरु ठप्प भएका कारण एक स्थानदेखी अर्को स्थानमा जान सकिरहेको छैन । लकडाउन केही खुकुलो भएपनि सार्वजनिक यातायातहरु ठप्प जस्तै छ ।

यस्तै क्रममा लकडाउनका बेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएका तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाउन थालेको खुलेको हो ।
थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन जना सवारी चालकविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले भने, ‘संक्रामक रोग ऐन, २०२० अन्तरगत तीनै जनामाथि कारबाही हुन्छ ।’
श्रेष्ठका अनुसार आइतबार बाँकेको नेपालगञ्ज–६ घर भएका राहुल डबगर, सनुसरीका राकेश शाक्य, बाँकेका रुद्रबहादुर खत्रीविद्ध मुद्दा चल्ने भएको हो ।
डबगरले नेपालगञ्जबाट बा ४ ख ४५८० नम्बरको हाइस गाडीमा ८ जना यात्रु बोकेर काठमाडौंसम्म ल्याएका थिए भने शाक्यले १९ जना यात्रुलाई ना ५ ख ५८३४ नम्बरको यात्रुवाहक बसमा काठमाडौं ल्याएका थिए ।
खत्री १५ जना यात्रु लिएर नेपालगञ्जबाट ना ७ ख ७३९५ नम्बरको यात्रुवाहक बसमा काठमाडौं आएका थिए । उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया