Bisal Chautari Logo

निर्मललाई एक्सनमा जम्ने विस्वास

- २९ फाल्गुन २०७०, बिहीबार १४:२५ मा प्रकाशित


Nirmal-Century-action-actors
बिश्वास खड्काथोकी
काठमाडौं, २९ फागुन ।
हरेक कलाकारहरुको एउटै दाउ अनी विस्वास हुन्छ । त्यो विस्वास भनेको आफुले अभिनय गरेको चलचित्रको प्रदर्शन मिति । यस्तै क्रममा सोही दिनको पर्खाइलाई कुरेर अभिनेता निर्मल सेन्चुरी चलचित्र ‘ब्रम्हा’ प्रदर्शनको मिति गन्दै बसेका छन् । उनले यस चलचित्रमा  एक्सन भुमिकामा लिड रोल गरेका छन् । र उनको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा एक्सन बिधामा जम्ने पुरा विश्वासपनि रहेको छ ।
विशाल चौतारीसंगको कुराकानीको क्रममा अभिनेता निर्मलले बताए अनुसार उनी सानै उमेरदेखी एक्सन विधामा राम्रा थिए । उनले भने ‘ नेपाली चलचित्र क्षेत्रमै काम गर्ने उद्देश्यका साथ सानैदेखि टेक्वाण्डो सिकेकोले पनि मलाई एक्सन विधामा जम्ने पुरा विश्वास रहेको छ । बागलुङ घर भएका अभिनेता निर्मलले आफुले अभिनय गरेको निकै आसा रहेको चलचित्र ब्रम्हाको बारेमा बोल्दै भने, ‘चलचित्र ‘ब्रम्हा’ एउटा एक्सन प्रधान पारिवारिक चलचित्र हो ।’ अहिले सम्म दुईवटा भोजपुरी चलचित्रमा समेत एक्सन भुमिका निर्वाह गरिसकेका अभिनेता निर्मलले अब नेपाली चलचित्रमा पनि एक्सन भुमिकामा आफनो स्थान बनाउने वताउाछन् । निर्मल भन्छन्, ‘अहिले नेपालमा एक्सन भूमिका निर्वाह गर्ने हिरोको खााचो छ, यसकारण पनि मैले त्यो स्थान लिन चाहान्छु ।’ उनले सुटिङ सक्काएको फिल्म मिसन फो ट्वान्टी, तनाव, सिसा र मिस्टेक प्रदर्शनको तयारीमा रहेका छन्।
शुक्रवार रिलिज हुन लागको फिल्म ब्रम्हा मा निर्मल भगवान ब्रम्हाको अवतारमा प्रस्तुत भएका एक्सन भुमिका निर्वाह गरेका छन् । उक्त चलचित्रमा उनलाई अभिनेत्री रागिनि खड्कीले साथ दिएकी छिन् । सिजे पण्डे र भुपेन वस्नेतले निर्माण गरेको उ्रक्त चलचित्रलाई ऋषि न्योपानेले निर्देशन गरेका हुन्। चलचित्रमा संम्राट बस्नेतको द्वन्द्व र बब्बु थापाको कोरियोग्राफि रहेको छ। बिक्रम क्षेत्री, एनी कुवार लगाएतले चलचित्रमा अभिनय गरेका छन् ।

add

प्रतिक्रिया