Bisal Chautari Logo

ब्वाईफ्रेण्डसँग सल्लाह गरेर काम गर्छिन् साकीरा

- २९ फाल्गुन २०७०, बिहीबार १७:२५ मा प्रकाशित


shakira

एजेन्सी
न्युयोर्क, २९ फागुन ।
विश्व चर्चित पप गायिका साकिरा आफ्नो हरेक काम गर्न भन्दा अगाडी धेरैसंग सल्लाह लिने गरेकी थिइन् । तर अव भने गायिका साकिराले आफ्नो कामसंग जोडिएका कुराहरुलाई आफ्नो ब्वाईफ्रेण्ड गेराड पिकेको सहमति तथा सल्लाह लिने भएकी छिन् ।
यस्तै सल्लाह तथा अनुमति लिने क्रममा गायिका साकिराले गायिका रिहान्नाको साथ गीत ‘कान्ट रिमेम्बर टु फरगेट’मा काम गर्नका लागी ब्वाई फ्रेण्ड पिकेको अनुमति मागेकी छिन् । चर्चित वेवसाइट पिपुल डटकमको अनुसार ‘गीत को भिडियोमा यी दुइ गायिका बेडसिन देखी विभिन्न रुपमा प्रस्तुत भएका छन् ।
गायिका साकिराले पत्रिका बिलबोर्डलाई दिएको अन्र्तवार्तामा भनेकी छिन्, ‘उहाँ (पिके) मेरो कामका लागी धेरै ध्यान राख्नु हुन्छ । तर उहाँले मलाई दोस्रो पुरुषको साथ भिडियो फिल्ममा काम गर्न दिनुहुन्न । त्यहि भएरपनि म पछिल्लो समयमा पुरुषको साथ भिडियोमा आएकी छैन ।’

dayahang rai love story by bisal rai

प्रतिक्रिया