Bisal Chautari Logo

चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक (भिडियो सहित)

- ५ फाल्गुन २०७६, सोमबार ०८:१४ मा प्रकाशित


Senti Virus-song- kunjana ghimire Dayahang Rai, Wilson Bikram Rai, Sandip Chhetri
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
रियल जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को चलचित्र ‘सेन्टी भाइरस’को ‘आफ्नो पार्टी जिताइदे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा कलाकारहरु कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई, एलिश राई, सञ्जु शाह लगायत फिचर्ड छन् ।

‘सेन्टी भाइरस’को सार्वजनिक दोश्रो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द र प्रमोद खरेल अनि विद्या मन्जु तिवारीको स्वर छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र दयाहाङ राईको मुख्य भूमिका छ । चलचित्र यही शुक्रबार, फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया