Bisal Chautari Logo

कसरी मनाए कलाकारले होली

- २ चैत्र २०७०, आईतवार १९:४४ मा प्रकाशित


nepal-holi-2014-artisht
ब्रेकर : १ यो वर्षको होली एकदमै सुदख अनी रमाइलो किसिमले मनाए । किनभने मैले नेपालमा धेरै वर्षपछी होली मनाएको हो । यो वर्ष भन्दा अगाडी म होलीकै अवसरमा विभिन्न देशहरुमा कन्र्सट गर्न जाने गरेको थिए । – राजेश
होली नखेल्ने मानिसहरुलाई लोला हान्ने परम्परापनि हटेछ । अनी गाडीमा लोला हान्ने लगायतका नकारात्मक पक्षहरुमा परिवर्तन पाएको छु । मादक पदार्थ सेवनमापनि धेरै कम भइसकेकालेपनि अगाडीका वर्षहरुमा भन्दा यस वर्षको होली सभ्य ठानेको छु । – सुनिता


विशाल राई
काठमाडौं, २ चैत । कलाकारहरु हरेक वर्ष आउने होलीलाई बिशेष रुपले मानिरहको बताउँछन् । र कलाकाहरुका लागी पब्लिक फिगर भएकाले पनि होली विशेष हुनपनि जरुरी छ । यस्तै क्रममा वर्षको अन्त्यमा हुने गरेको होली पर्व कलाकारहरुले कस्तो किसिमले मनाए तँ ? यस्तै –यस्तै विषयमा कलाकाहरुले दिएको होली प्रतिकृया यस प्रकार रहेको छ ।
राजेश पायल राई (गायक) : यो वर्षको होली एकदमै सुदख अनी रमाइलो किसिमले मनाए । किनभने मैले नेपालमा धेरै वर्षपछी होली मनाएको हो । यो वर्ष भन्दा अगाडी म होलीकै अवसरमा विभिन्न देशहरुमा कन्र्सट गर्न जाने गरेको थिए । तर यस वर्ष चाही नेपालमै होली मनाउने उद्देश्यले नै बसेको थिए, र त्यो मेरो सपना पुरा भएको छ ।
हरेक वर्ष मनाइरहने होली भन्दा फरक बिशेष रुपले नेपालमै मनाउनु अन्य वर्ष भन्दा फरक ठानेको छु । त्यससंगै म जहा जान्छु, त्यहा मैले आजको दिन खुसिसंग होली मनाउन पाए, त्यही मेरो लागी यस वर्षको अविस्मरणीय क्षणपनि हो ।
सुनिता दुलाल : (गायिका) : यो वर्षको होली मेरो विषयमा समग्रमा भन्नु पर्दा सभ्य किसिमले सम्म भएको छ । मैले देखे अनुसार अगाडिका वर्षहरुमा भन्दा यस वर्षको होलीमा विकृती कम भएको पाएको छु । होली नखेल्ने मानिसहरुलाई लोला हान्ने परम्परापनि हटेछ । अनी गाडीमा लोला हान्ने लगायतका नकारात्मक पक्षहरुमा परिवर्तन पाएको छु । मादक पदार्थ सेवनमापनि धेरै कम भइसकेकालेपनि अगाडीका वर्षहरुमा भन्दा यस वर्षको होली सभ्य ठानेको छु ।
यस वर्षको होलीमा मलाई धेरै ठाउँबाट निम्तो दिइएपनि अश्वस्थताका कारण सबै ठाउमा जान सकिन । करिव १२ बजेर ३० मिनेटमा करिष्मा दिदीको घरमा होली विशेष कार्यक्रममा पुगेकी थिए । त्यहा बसेर करिव २ बजे सम्म होली लगातार खेलेको थिए । मलाई यस वर्षको होलीमा सबैभन्दा पहिला संञ्चारकर्मि नरेश भट्टराईले रगं लगाइदिनु भएको थियो । त्यही नै मेरो यस वर्षको होलीमा पहिलो रगं थियो ।
विल्सन विक्रम राई (हास्य अभिनेता) : यस वर्षको होली आफ्नो कामको व्यास्तताले गर्दा ठिक उल्टो होली परेको छ । पहाडमा चैत २ गते अनी तराईमा ३ गते मनाइने हुदा म यस वर्षको होलीमा कता नँ कता भएको छु । चैत २ गते पहाडमा मनाइने बेला म चलचित्रको सुटिङ परेर झापामा छु । चैत ३ गते म फेरी काठमाडौमा आउन पर्नेछ । यसले गर्दा मैले यस वर्षको होली कतैपनि मनाउन पाइन ।
तरपनि मैले यस वर्षको होली कलाकाहरु मात्र नभएर प्राय नेपालीहरुले मनाएको होलीलाई नजिकबाट भने नियाली रहेको छु । मैले होलीका फोटोहरु हेरेर होली मनाइरहेको छु ।
रोहित रुम्बा (अभिनेता) : अहिले रिलिज भइरहेको चलचित्र ‘तोरी लाहुरे’ले विशेष गरेर मलाई यस वर्ष निकै सफल्ता दिलाएको छ । दर्शकहरुको यहि साथले गर्दा चलचित्र तोरी लाहुरेबाट चिनिन पाए अनी चलचित्रकर्मीहरु माझपनि । मेरो यस वर्षको होली सबैभन्दा जिवनको अविश्मरणिय क्षण भएको छ । किनभने मलाई नचिनेका व्याक्तित्वहरुले यस वर्षको होली खेल्न बोलाउनु भएको थियो । विभिन्न टेलिभिजन, अनी करिष्मा दिदीको घरमा समेत पुगेर होली खेल्न पाए । होलीमा चलचित्र ‘तोरी लाहुरे’ टिमसंग हिडेका थियौ, विभिन्न चलचित्रकर्मीहरुले मेरो अभिनयको तारीफपनि गनुभयो, यस कारण मेरो यस वर्षको होली अविश्मरणीय बन्यो ।
यस वर्षको होलीमा छवि बा र दिनेस पाख्रिनको हातबाट रगं लगाएर होलीको सुरुवात गरेको थिए । यस खुसियालीमा मैले करिव १० बजेदखी करिव ४ बजेसम्म लगातार होली खेलेको थिए ।

add

प्रतिक्रिया