Bisal Chautari Logo

राज र अस्मिताको स्वरमा ‘चपली हाइट ३’को गीत सार्वजनिक|| स्वस्तिमा र सुपुष्पा हट अवतारमा

- २० माघ २०७६, सोमबार ११:५२ मा प्रकाशित


Swastima Khadka-CHAPALI HEIGHT 3 song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २० सोमवार ।
चलचित्र ‘चपली हाइट ३’ को ‘चार आनाको मसला’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् ।

राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र सुभाष भुषालको संगीत रहेको छ । डान्सिङ विटको गीतमा अभिनेत्रि स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । सस्पेन्स र थ्रिल चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, र महेश त्रिपाठीसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निकेश खड्काले निर्देशन गरेको चलचित्रमा अर्जुन कुमारको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रलाई दिर्ग खड्काले सम्पादन गरेका हुन् । यो चलचित्र चैत २८ गते देखि प्रर्दशन हुँदैछ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया