Bisal Chautari Logo

प्रशान्त र रजनीको रोमान्स ‘प्रवास’मा

- ३ चैत्र २०७०, सोमबार ०९:२९ मा प्रकाशित


prashant tamang and rajani kc
विशाल चौतारी समाचार
कठमाडौं, ३ चैत ।
चर्चित सिनेमा ‘गोर्खापल्टन’ निर्माताले नयाँ सिनेमा निर्माण गरिरहेका छन् । एघार दिनदेखि पाल्पामा छायांकन भैरहेको चलचित्र ‘प्रवास’मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ र केही समय अगाडी लिरिजमा आएको चलचित्र ‘लोफर’की अभिनेत्री रजनी केसीको मुख्य भूमिका रहने भएको छ ।
चलचित्रलाई ‘गोर्खापल्टन’ निर्माता राजेश वंशल र निर्देशक नारायण रायमाझीले नै निर्देशन गरिरहेका छन् । सांगीतिक चलचित्र भनिएको सिनेमाले प्रवासी नेपालीको संघर्ष र प्रेमको कथामा आधारीत रहेको बताइएको छ । यही चलचित्रकै लागि भनेर ‘गोर्खापल्टन’ अभिनेता प्रशान्त महिना दिनयता काठमाडौंमा छन् । पाल्पाबाट टेलिफोनमा कुराकानी गर्दै अभिनेत्री केसीले भनिन्, ‘यो टिपिकल नेपाली कथाको चलचित्र हो । सांगीतिक र गाउँले कथा समेटिएको चलचित्रमा मेरो मुख्य रोल छ । कथा रायमाझीले लेखेका हुन् । यसअघि आलोक नेम्बाङलाई लिएर चलचित्र बनाएका वंशल दाजुभाई उक्त चलचित्र फ्लप भएपछि गोर्खापल्टनपछि चम्किएका थिए । चलचित्र गोर्खापल्टनकै लोकेसन पाल्पा वरिपरि खिचिएको चलचित्रको संगीत रायमाझीले नै दिएका छन् ।

add

प्रतिक्रिया