Bisal Chautari Logo

एन्जेलिनाको ५ वर्षकी छोरी हलिउडमा डेब्यु, बाल कलाकारमा बढि कमाई

- ३ चैत्र २०७०, सोमबार १७:२९ मा प्रकाशित


Angelina-Jolie-Daughter-Makes-Hollywood-Movie
एजेन्सी
वासिङ्टन डिसि, ३ चैत ।
विश्व चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीको पछिल्लो आउन लागेको डिज्नी चलचित्र ‘मलेफिसेन्ट’ बाट डेब्यु गरेकी छिन् । केही दिन अगाडी चलचित्रको पोष्टर रिलिज भएको छ । यस चलचित्रमा अभिनेत्री जोलीको पाँच सालकी छोरी बिबियन पेटपनि आमाका साथमा देखिएका हुन् ।
रिलिज भएको चलचित्र ‘मलेफिसेन्ट’को पोष्टरमा अभिनेत्री एन्जेलीना र उनकी छोरी बिबियनको साथ देखिएकी छिन् । यस वर्षको मे मा रिलिज हुन लागेको यस चलचित्रको अफिशियल ट्रेलरपनि सार्वजनिक गरिएको छ ।
चर्चित कहानी ‘सिलपिङ्ग व्युटी’संग आधारीत डिजनीको चलचित्र ‘मलेफिसेन्ट’मा अभिनेत्री एन्जेलिनाले प्रिन्सेस आरोरालाई बचाउनका लागी शक्तिशाली रानीको भुमिका निभाएकी छिन्, जुन प्रिन्सेस बच्चाको भुमिका अभिनेत्री एन्जेलिनाकी छोरी बिबियनले बच्चाको भुमिका निभाएकी छिन् ।
अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटको पाचँ वर्षिया छोरीको कमाईपनि निकै राम्रो रहेको छ । समाचारका अनुसार अभिनेत्री जोलीकी छोरीको कमाई, प्रति हप्ता तिन हजार डलर र ६० डलर पकेृट खर्च रहेको छ । यो कमाई अहिले विश्वमै बाल कलाकारको सबैभन्दा बढि कमाइ रहेको एक अध्ययनले देखाएको छ । त्यसैले अभिनेत्री एन्जेलिनाको छोरीको कमाइ बाल कलाकारमा सबैभन्दा बढि रहेको छ । उनले अभिनय गरेको चलचित्र सन् २०१४ मै रिलिज हुनेछ ।

प्रतिक्रिया