Bisal Chautari Logo

सिनेमा हलमा चैत २१ बाट ‘डिभोर्स’

- ३ चैत्र २०७०, सोमबार १८:०१ मा प्रकाशित


Divorce-nepali-movie-2070

विशाल चौतारी समाचार
काठमाडौं, ३ चैत ।
नेपाली समाजमा घटेका घट्नाक्रमहरुलाई यथार्त चित्रण गरिएको चलचित्र ‘डिभोर्स’ आउँदो चैत २१ बट प्रर्दशनमा आउँने भएको छ । समाजमा हुने गरेका तिव्र रुपमा डिभोर्सका कुराहरु कसरी बढिरहेको छ भन्ने विषयलाई चलचित्रमा उतारीएको सिनेमाका निर्माता रोहित पुरीले बताए ।
श्रीनगर फिल्मस प्रा.ली.को प्रस्तुती रहेको चलचित्र ‘डिभोर्स’ मा किश्वर श्रेष्ठ, आभाष अग्रहरी, बिनिता रम्तेल, सरुना खत्री लगायतको मुख्य अभिनय रहेको छ । मनिष पन्थको लेखन, निर्देशन तथा छायाकन रहेको चलचित्रमा विशाल हुमागाई र कष्ण भण्डारीको संगीत रहेको छ । चलचित्रको सम्पादन रोशन लामिछानेले र किरन राज थापाले गरेका हुन् । त्यस्तै चलचित्रमा सानु कुमार महर्जनको दन्द्ध हेर्न सकिनेछ । चलचित्र ‘डिभोर्स’लाई राहित पुरी र मिन प्रसाद श्रेष्ठले निर्माण गरेका हुन् ।

add

प्रतिक्रिया