Bisal Chautari Logo

मेघास्टार राजेश पायल राई न्यूयोर्कमा ‘सुम्निमा साँझ–११’को मुख्य आकर्षण

- ७ पुष २०७६, सोमबार १६:४९ मा प्रकाशित


‘Rai Is King’ Rajesh Payal Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ पौष ७ सोमवार ।
राई इज किङ अर्थात मेघास्टार गायक राजेश पायल राई किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टरको आयोजनामा यही डिसेम्बर २४ मा हुन लागेको कार्यक्रमको प्रमुख आकर्षण रहेका छन् ।

गायक राईले कार्यक्रमका लागि युट्यूब भिडियोमार्फत साकेला नाच्न सबैलाई निम्तो गरिसकेका छन् । कार्यक्रममा च्याप्टरका स्थानीय कलाकरले समेत मनोरज्नात्मक कार्यक्रम प्रस्तुति गर्नेछन् ।
किरात राई समुदायको यो कार्यक्रम सबै नेपाली समुदायमाझ चर्चित च्याप्टरकी अध्यक्ष भारती राईले बताइन् । उनले साकेला उधौलीको अवसर पारेर सुम्निमा साँझ आयोजना गर्दे आएको समेत जानकारी दिइन् ।
साकेला उधौली किरात राई समुदायको बसोवास रहेको मुलभुमि नेपालसँगै विश्वको सबै देशहरुमा मनाइन्छ । मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने उधौली मनाउने प्रचलन छ । बिहिबारबाट साकेला उधौली सुरु भएको छ ।
किरात राईहरुको चुल्हा घर ‘माङखिम’ निर्माण सहयोगार्थ ‘सुम्निमा साँझ–११’ हुने भएको छ ।
यसपटक कार्यक्रम ज्याक्सन हाइटस्थित बेलोजिनो हलमा हुँदैछ । विगतदेखि गर्दे आएको सुम्निमा साँझ यो वर्ष ११ पल्ट पुग्न लागेको हो । न्यूयोर्क च्याप्टरले माङखिम निर्माणका लागि गत वर्षदेखि सुम्निमा साँझ गर्दे आएको छ ।
अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले न्यू योर्क च्याप्टरले कार्यक्रम २०६६ देखि हरेक वर्ष सुम्निमा साँझ आयोजना आएको छ ।
कार्यक्रममा राईहरुको संस्कृति झल्किने साकेला नृत्य प्रस्तुत गरि सुरु हुनेछ ।

प्रतिक्रिया