Bisal Chautari Logo

चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

- ४ पुष २०७६, शुक्रबार ०७:३३ मा प्रकाशित


Bazaar Lagya Chha || The Karma movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ पौष ४ शुक्रवार ।
नेपाली चलचित्र ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् ।

यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।
चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । अर्का निर्माता श्रीदेवका अनुसार यो चलचित्र नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।

प्रतिक्रिया