Bisal Chautari Logo

चलचित्र ‘प्रेमगीत ३’ माइनस २६ डिग्रीको चिसोमा खिचिदै

- १ पुष २०७६, मंगलवार १२:१७ मा प्रकाशित


prem geet 3 shooting pradeep khadka
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १ मंगलवार ।
प्रदिप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ । जाडोको उच्च विन्दुमा टिमले लगावका साथ काम गरिरहेको साथमा निर्मातासमेत रहेका निर्देशक सेनले जानकारी दिए ।

‘हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो छ । माइनस २६ डिग्री सेल्सियससम्म पनि टिमले मज्जाले काम गरिरहेको छ । मनाङमा १० दिनको छायांकन सकिँदा कुल ७५ प्रतिशत छायांकन पुरा भैसकेको छ । अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायांकन सकिनेछ ।’ सेनले जानकारी दिए ।

राजधानीको किर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायांकन सकाएर मनाङ हिँडेको ‘प्रेमगीत ३’ युनिट, छायांकन लगतै प्रचारमा निस्कनेछ । चलचित्रको ५५ प्रतिशत छायांकन मनाङमै हुनेछ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको चलचित्रमा अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री क्रिस्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।
वर्षको प्रतिक्षित चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्र चैत २८ गते रिलिज हुनेछ ।

प्रतिक्रिया