Bisal Chautari Logo

चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक ||कोशिसको प्रेममा किरण (भिडियो सहित)

- ७ मंसिर २०७६, शनिबार १४:०१ मा प्रकाशित


MAYA PIRIMA – Nepali Movie Official Trailer
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ७ शनिवार ।
टेक पौरखी राई निर्देशित चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिटको बीच सार्वजनिक गरिएको ट्रेलर प्रेमकथामा आधारित छ ।

यो चलचित्रमा कोशिस क्षेत्री र किरण चन्दले मुख्य भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेम, रोमान्स र वियोगले ट्रेलरमा स्थान पाएको छ । सबिन अधिकारीको कथामा कमेडी र एक्सन पनि घोलिएको छ ।
चलचित्रमा कोशिस र किरणसँगै अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमण राईलगायतका कलाकारको अभिनय छ । भने, एक गीतमा अभिनेता सलोन बस्नेत र मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गरेका छन् ।
सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता प्रविण थापा र सबिन अधिकारी हुन् । चलचित्रमा मोहन मरासिनी र युवराज दाहाल सह-निर्माताको रुपमा छन् । यो चलचित्र मंसीर २० गतेदेखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया