Bisal Chautari Logo

चलचित्र ‘माछा माछा’को आइटम गीत सार्वजनिक, सौगातको ‘म्याडम’ श्रृष्टी

- २ मंसिर २०७६, सोमबार १४:१९ मा प्रकाशित


New Nepali Movie MACHHA MACHHA || Madam Madam Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर २ सोमवार ।
सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम गीत रिलिज भएको छ । अनुपम शर्माको संगीत र स्वरमा तयार गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छिन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविन खतिवडा, सरिता गिरी, भोला राज सापकोटा, पुस्कर गुरुङ, कमल मणि नेपाल, धुर्व कोइराला लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।
यो चलचित्र मंसिर २० गते देखि प्रर्दशनमा आउदैछ । सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ ।

प्रतिक्रिया