Bisal Chautari Logo

‘झोला’ सफल भएपछि ‘ठूली’ बन्दै गरिमा

- ५ चैत्र २०७०, बुधबार १०:३२ मा प्रकाशित


Garima Panta
विशाल चौतारी समाचार
काठमाडौं, ५ चैत ।
सूर्य बोहराले निर्देशन गर्ने ‘ठूली’ नामक चलचित्रमा अभिनेत्री गरिमा पन्त शिर्ष भूमिकामा आउने भएकी छिन् । निर्देशक बोहरा र सुनिल बस्नेतको संयुक्त लगानी रहने चलचित्र ‘ठूली’ यही चैत १० गतेदेखि फ्लोरमा जाँने भएको छ ।
अभिनेत्री गरिमाले चलचित्र ‘ठूली’मा आफ्नो ‘वोल्ड’ भूमिका रहेको बताइन् । 
उनले भनिन्, ‘यसमा मेरो अन्याय अत्याचार विरुद्ध लड्ने सशक्त नारीको भूमिका छ तर रोएर हैन ।’ काठमाण्डौं र चितवनमा छायाँकन हुने ‘ठूली’का अन्य कलाकारलाई निर्माण युनिटले गोप्य राखेको छ । अभिनेत्री गरिमाले सती जाने युवतीको भूमिका निभाएको ‘झोला’ चलचित्रले व्यावसायिक नाफा समेत कमाएको थियो । गरिमा अभिनित ‘मनले मनलाई छुन्छ’ चलचित्र चैत २८ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । गरिमाको यो फिल्मलाई स्व.निर्देशक शिव रेग्मीले निर्देशन गरेका छन् । चलचित्र प्रदर्शनको हिसाबले यो वर्ष लक्की देखिएकी गरिमा ‘ठूली’ पछि ‘विर गोर्खाली’ नामक चलचित्रको छायाँकनमा व्यस्त हुनेछिन् । चलचित्र ‘विर गोर्खाली’ को चैत ४ गतेदेखि जोमसोमबाट छायाँकन सुरु भएको छ ।

add

प्रतिक्रिया