Bisal Chautari Logo

चलचित्र ‘सरौतो’को लागी भिटेनको स्वरमा प्रमोशन गीत

- २५ कार्तिक २०७६, सोमबार १४:१८ मा प्रकाशित


Nepali Movie “SARAUTO” Song | VTEN Ft. Sumi Moktan & Vijaya Lama
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २५ सोमवार ।
युवापुस्ता माँझ चर्चित र्यापर भिटेन (समिर घिसिङ)ले चलचित्र ‘सरौतो’ लागि गीत गाएका छन् । उनले यो चलचित्रको प्रमोशनका लागि शीर्ष गीत गाएका हुन् ।

शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत रहेको छ । उनलाई चलचित्रको ट्रेलर मनपरेपछि गीत गाउन तयार भएका हुन् । गीत सार्वजनिक भएको छोटो समयमै ट्रेण्डिङमा छिर्न सफल भएको छ । उनको गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यानफ्लोअर्सलाई प्रस्ट्याउछ । उनले चलचित्रको लागि पहिलो पटक गीत गाएका हुन् । गीत मार्फत भिटेनले अन्याय सहन नहुने भावव्यक्त गरेका छन् ।
यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । भिटेनको साथै चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा पनि देखिएका छन् । गीतलाई चलचित्रकै निर्देशक हरी हुमागाईंले यसलाई तयार गरेका हुन् । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । गीतलाई ‘सरौतो’ टाइटलमै रिलिज गरिएको छ भने यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् ।
हरी हुमागाईंको डेब्यु निर्देशन चलचित्रमा सुमी र विजयसँगै सन्नी सिंह, लियो ट्यांक, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायत कलाकारको अभिनय रहेको छ । चलत्रित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वानक्रिएसन , राइजिङ्गफिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिभेन्ज स्टोरी भनिएको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहने छ । यसलाई काठमाडौं, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । गीत हेर्नुस् :

प्रतिक्रिया