Bisal Chautari Logo

पुतली सडक, कुमारी बैंक अगाडी नक्कली बमको आतंक (भिडियो सहित )

- ५ चैत्र २०७०, बुधबार १३:०९ मा प्रकाशित


Bomb in kathmandu – nepal Armed Police Force disposed
विशाल चौतारी समाचार
काठमाडौं, ५ चैत ।
आज जनताहरु दोहोरो आतंकमा परेका छन् । एकतिर पेट्रोलियम पदार्थको मुल्य बृद्धी पश्चात विभिन्न विद्यार्थी सङगठनले गरेको बन्द तथा गाडीहरुमा आगजनी भने अर्को तिर आज बुधवार दिउसो राजधानिको ब्यास्त सडक सडक पुतली, कुमारी बैंक अगाडी नक्कली बमले आतंक मच्चाएको छ ।
पुतली सडकको कुमारी बैंकको आडमा फ्यालिएको झोलामा बम भएको आशंकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सो क्षेत्रलाई नियन्त्रणमा लिएर बम डिस्पोज गर्दा बम नरहेको पुष्टि भएको छ । 
बम आसंका गरिएको झोलामा प्लास्टिक तथा काम नलाग्ने बस्तुहरु रहेको भेटिएको थियो । बम भएको आशंकाले गर्दा आज पुतलीसडक क्षेत्र तनावग्रस्तै बन्न पुगेको थियो । जहा नेपालका प्राय सबै सञ्चार माध्ययमहरुबाट पत्रकारहरु आएका थिए ।

प्रतिक्रिया