Bisal Chautari Logo

बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु

- २२ कार्तिक २०७६, शुक्रबार १४:५२ मा प्रकाशित


‘prem geet 3’ shooting started
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २२ शुक्रवार ।
प्रदिप खड्का स्टारर चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु भएको छ । कार्तिक २२ गते शुक्रबार काठमाडौंको दक्षिणकाली मन्दिरमा शुभ मुहुर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

मुहुर्तमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन, छेतन गुरुङ, कलाकार प्रदीप खड्का, मनिष राउत क्रिस्टिना गुरुङ, अनुभव रेग्मी लगायत उपस्थित थिए।
सन्तोष सेन र छेतन गुरुङले निर्देशन गर्ने चलचित्रमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायत कलाकारको अभिनय रहनेछ । यस चलचित्रमा निर्देशक गुरुङ र मन्दीप गौतमको कथा लेखन रहेको छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । राजेश श्रेष्ठले खिच्ने चलचित्रमा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्र चैत २८ गते देखि प्रर्दशनमा आउनेछ ।

प्रतिक्रिया