Bisal Chautari Logo

भूवन केसीले भने– ‘मिस्टर नेपाली’ले राष्ट्रियताको कथा भन्छ

- १८ कार्तिक २०७६, सोमबार १०:१६ मा प्रकाशित


mr. nepali bhuwan kc
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक १८ सोमवार ।
देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ कार्तिकको २९ गतेबाट रिलिज हँुदैछ ।

चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् ।
नायक केसी भन्छन्–‘चलचित्रमा म मुख्य नायक होइनँ । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ ।’
यस चलचित्रमा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।
चलचित्रको कथा साहिलको वरिपरी घुमेको छ । भूवनले भने–‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’
चलचित्रमा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भूवनले गरे ।
देव भुषालको निर्देशन तथा प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रको अहिले प्रचारप्रसारको क्रममा नै रहेको छ ।

प्रतिक्रिया