Bisal Chautari Logo

एक महिनाका लागी बन्द हुँदै कुमारी हल

- १७ कार्तिक २०७६, आईतवार ११:१८ मा प्रकाशित


kumari hall close
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ कार्तिक १७ आइतवार ।
काठमाण्डौको कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट करिब एक महिनाका लागि बन्द हुने भएको छ ।

क्यूएफएक्स चेन अन्र्तगतको कुमारी हल दर्शकहरुको उच्च चाप हुने हल हो । कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ । नेपाली चलचित्रको शेयर समेत कुमारी हलबाट राम्रो आउने गरेको छ । मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत चलचित्रको शोज समेत हटाइएको छ । यसले रिलिज भैरहेका केही चलचित्रको व्यापारमा घाटा पर्ने देखिएको छ ।

प्रतिक्रिया