Bisal Chautari Logo

विल्सन स्टार प्लसबाट प्रशारण हुने एक सिरीयलका लागी बलिउड तिर

- ५ चैत्र २०७०, बुधबार १६:१७ मा प्रकाशित


wilson bikram rai-takme buda
ब्रेकर : ‘मलाई बलिउडबाट यो प्रस्ताव आएपछी म र सम्यम पुरी संगै कुराकानि गरेका थियो । मलाई लागी रहेको थियो की–‘नेपाली चलचित्र क्षेत्रमा यो स्थानमा आइपुग्दा सानो पर्दाबाटै करियर सुरुवात गरेर नेपाली चलचित्र क्षेत्रमा यो स्थानमा आइपुगे, आज आएर बलिउड चलचित्र क्षेत्रमापनि सानो पर्दाबाटै आफ्नो अभिनय यात्रा तय गर्दैछु । लाग्छ नेपालमा जस्तै बलिउड चलचित्र उद्योगमापनि जम्नेछु’, अभिनेता विल्सनले बताए ।’
बिशाल चौतारी समाचार
काठमाडौं, चैत ५ ।
पछिल्लो समयका चर्चित हास्य अभिनेता ‘तक्मे बुढा’को नामले परिचित अभिनेता विल्सन विक्रम राई एक नयाँ टिभी सिरियल खेल्नका लागी बलिउड छिर्ने भएका छन् । सिरीयल खेल्नका लागी यही चैत १४ गते मुम्बई जाने भएका छन् ।
नेपाली चलचित्र क्षेत्रमापनि सानो पर्दाबाटै आफ्नो करियर सुरु गरेका अभिनेता विल्सनले बलिउडमापनि सानै पर्दाबाट आफ्नो बलिउड करियर सुरु गर्दैछन् । यही विषयमा कुराकानी गर्दै अभिनेता विल्सनले भने–‘मलाई बलिउडबाट यो प्रस्ताव आएपछी म र सम्यम पुरी संगै कुराकानि गरेका थियो । मलाई लागी रहेको थियो की–‘नेपाली चलचित्र क्षेत्रमा यो स्थानमा आइपुग्दा सानो पर्दाबाटै करियर सुरुवात गरेर नेपाली चलचित्र क्षेत्रमा यो स्थानमा आइपुगे, आज आएर बलिउड चलचित्र क्षेत्रमापनि सानो पर्दाबाटै आफ्नो अभिनय यात्रा तय गर्दैछु । लाग्छ नेपालमा जस्तै बलिउड चलचित्र उद्योगमापनि जम्नेछु’, अभिनेता विल्सनले बताए ।’ जहाँ गएर अभिनय गरेपनि नेपाली चलचित्र क्षेत्रलाई नबिर्सने अभिनेता विल्सनले बताए ।
आउँदो चैत १४ गते जान लागेका अभिनेता विल्सनले आफुले अभिनय गर्न लागेको सिरीयलको बारेमा सबैकुरा जानकारी नरहेको बताए । निर्देशकको नाम गोवारीकेर सार्वजनिक भएपनि आफुलाई चाही जानकारी नरहेको बताए । आफुले गर्ने सिरीयलमा आफैलाई आफ्नो पात्रको बारेमा थाहा नरहेको अभिनेता विल्सनले  बताए । सार्वजनिक समाचारहरुका अनुसार अभिनेता विल्सनले हिमाञ्चल प्रदेशको एक शेर्पाको भूमिकामा देखिनेछन् ।

add

प्रतिक्रिया