Bisal Chautari Logo

चलचित्र ‘च च हुई’ ट्रेलर सार्वजनिक (भिडियो सहित)

- ९ कार्तिक २०७६, शनिबार १५:०४ मा प्रकाशित


CHACHAHUI || New Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ९ शनिवार ।
साम्तेन भुटियाको निर्देशनमा रहेको चलचित्र ‘च च हुई’को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङको मुख्य भुमिका रहेको छ ।

दुई बेकामे युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।
जीवनको पिङ च च हुईं गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । चलचित्रमा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । चलचित्र रोमान्टिक, कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै चलचित्र मार्फत निर्माणमा आउँदैछन्।
चलचित्र ‘च च हुई’ मा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ।

प्रतिक्रिया