Bisal Chautari Logo

चलचित्र ‘प्रेम संसार’को पहिलो पोस्टर सार्वजनिक

- ८ कार्तिक २०७६, शुक्रबार १४:५३ मा प्रकाशित


prem sansar nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार ।
मंसिर १३ गतेदेखि प्रदर्शनमा आउँने चलचित्र ‘प्रेम संसार’को पहिलो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा कलाकारद्वय प्रेम सोनी गहतराज र आयुष्मा कार्कीको प्रेमिल पोज छ । राम गौतमले निर्देशन गरेको चलचित्र ‘प्रेम संसार’ प्रेम कथानक नेपाली चलचित्र हो । चलचित्रमा लगानी प्रेम बहादुर सुनारले गरेका छन् । चलचित्रमा दिपेन बस्न्यातको छायाँकन र सम्पादन छ ।
चलचित्रमा समावेश दुई गीत र टिजर सार्वजनिक भैसकेका छन् । चलचित्रको गीतमा बुगी उगी विजेता कविता नेपालीले पनि नृत्य गरेकी छिन् ।

प्रतिक्रिया