Bisal Chautari Logo

‘सेल्फी किंङ’को छायाँकन सकियो

- ७ कार्तिक २०७६, बिहीबार १५:४९ मा प्रकाशित


Selfie King. Bipin Karki
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ७ बिहिवार ।
चलचित्र ‘सेल्फी किंङ’को सम्पूर्ण छायाँकन ३३ दिनमा सकिएको छ । छायाँकन सकिएसँगै अभिनेता बिपिन कार्कीले चलचित्रमा निभाएको चरित्र पनि सार्वजनिक गरिएको छ ।

चलचित्रको छायाँकन काठमाडौं, भक्तपुर हुँदै सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायतका स्थानमा गरिएको छ । ‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । पहिलो दिन उक्त कलाकार साँस्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिएको छ ।

चलचित्रको शिर्ष भुमिकामा बिपिन कार्कीले अभिनय गरेका छन् । बिपिनले ‘सेल्फी किंङ’ उत्कृष्ट चलचित्र बन्ने विश्वास व्यक्त गरेका छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका छन् । बिशाल सापकोटाको यो डेब्यु निर्देशन चलचित्र हो ।
चलचित्रमा विपिन सँगै कलाकारहरु लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने नायिका केकी अधिकारी बिशेष भुमिकामा प्रस्तुत भएकी छिन् ।

प्रतिक्रिया