Bisal Chautari Logo

‘बादशाह जुट’को नयाँ पोस्टरमा कार्टुन बने सुशिल र आमिर

- ७ कार्तिक २०७६, बिहीबार १२:४५ मा प्रकाशित


BaadshahJutt Movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ७ बिहिवार ।
चलचित्र ’बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नायकद्वय सुशील श्रेष्ठ र आमिर गौतमलाई कार्टुनको रुपमा प्रस्तुत गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । चलचित्र कार्तिक १५ गतेदेखि प्रदर्शन हुँदैछ ।

पोस्टर टौवा क्रियसनले तयार गरेको हो । निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको चलचित्र एक्सन, कमेडी छ । चलचित्रमा कलाकारहरु सुशिल र आमिर सँगै केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ भने नायिका प्रियंका कार्कीले चलचित्रको एउटा गीतमा नृत्य प्रस्तुत गरेकी छिन् ।
अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाजका साथै कोसिस क्षेत्री, मोहित मुनालले संगीतमा काम गरेका छन् ।
हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको सिनेमा एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया