Bisal Chautari Logo

धोनीको जीवनीमा फिल्म बन्दै

- ७ चैत्र २०७०, शुक्रबार ०६:०९ मा प्रकाशित


मुम्बई, (एजेन्सी) । भारतीय क्रिकेटका टिम कप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित बलिउडमा फिल्म बन्ने भएको छ । अभिनेता सुशान्त सिंह राजपुत र नीरज पान्डेले धोनीको जीवनीमा फिल्म बनाउन लागेका हुन्, जसमा आफ्नो भूमिका  धोनीले नै निर्वाह गर्ने भएका छन् । यो बलिउडमा महागो फिल्ममध्ये एक हुने बताइएको छ । फिल्मको अनुमानित बजेट करिब ९५ करोड हुनेछ ।
भारतको एक अंग्रेजी पत्रिकाका अनुसार सुशान्तले उक्त फिल्मको काम सुरु गरिसकेका छन् । अहिले फिल्म निर्माणको तयारी धोनीको गृहनगर रााचीमा भइरहेको छ । धोनीबारे धेरै जानकारी हासिल गर्न त्यहााका जनतासाग कुरा गर्न सुशान्त रााची पुगेका हुन् ।
सुशान्तले आफ्नो फिल्मको पात्र सिर्फ धोनीजस्तो मात्र नभइ जीवनशैली पनि उनकै हुने पर्ने अढानमा छन्, जसले फिल्ममा वास्तविकता झल्किने उनको विश्वास छ । त्यसका लागि हरेक धोनीको खेल र उनको अन्तर्वार्ता हेर्दै र पढ्दै आएको सुशान्तले बताए ।
बायोपिक यस फिल्ममा धोनीको क्रिकेट जीवनको उतार–चढ़ावमा आधारित हुने सुशान्तले बताए । साथै, धोनीको निजी जीवनका स–साना कुरालाई पनि फिल्ममा उतारिने बताइएको छ । फिल्ममा धोनीको पत्नी साक्षीको भूमिकामा दीपिका पादुकोण वा श्रद्धा कपुरमध्ये एक देखिन सक्नेछन् ।

add

प्रतिक्रिया