Bisal Chautari Logo

पारसको पहिलो प्रेम र किस

- ७ चैत्र २०७०, शुक्रबार ०८:०४ मा प्रकाशित


Nepal Cricket Captain Paras Khadka Girlfriend
विशाल चौतारी समाचार
काठमाडौं, ७ चैत ।
नेपाली क्रिकेट टिम अहिले विश्वमै चर्चाको केन्द्रविन्दुमा रहेको छ । विश्वका चर्चित–चर्चित पत्रिका, टेलिभिजन तथा अनलाईनहरुमा नेपाली क्रिकेटर खेलाडीहरुको अन्र्तवार्ता आइरहेको छ । नेपाली क्रिकेटर टिम मध्ये टिमका सफल कप्तान पारस खड्काको नाम अझ चर्चित रहेको छ । यिनै सफल कप्तान पारससँग बलिउडको एक चर्चित पत्रिका भाष्कर दैनिकले उनको पहिलो प्रेम र पहिलो किसको बारेमा लिएको अन्र्तवार्ता :
तपाईको पहिलो प्रेम को हुन् ? पहिलो प्रेम कहिले र कहा भएको हो ?
हजुर, मेरो पहिलो प्रेम मेरो जिन्दगी नै हो । क्रिकेट नै मेरो पहिलो प्रेम हो । आज म जुन स्थानमा छु, सबै क्रिकेटको कारणले पाएको हु । म यस खेललाई धेरै प्रेम गर्छु ।
तपाईले जिन्दगीको पहिलो किसको अनुभव कस्को साथ लिनु भएको थियो ?
जहा सम्म मलाई याद रहेको छ, जब म जन्मिए, त्यहि बेला मलाई मेरो जन्म दिने आमा बाबाले चुम्मा दिनुभयो । त्यहि नै मेरो पहिलो किस रहेको थियो ।
तपाईको रोमान्टिक डेट कस्को साथ, अनि को सँग भएको थियो ?
म कसैको नाम लिन चाहान्न तर मलाई लाग्छ, मेरो पहिलो रोमान्टिक डेट ठमेलको एक जात्राको क्रममा भएको थियो ।
तपाईको पहिला भ्यालेन्टाइन डे गिफ्ट के थियो ?
म भ्यालेन्टाइन डे मनाउदिन । म जिन्दगीको पर्व मनाउने गर्छु ।
तपाईको पहिलो चोटि मन कहिले टुटेको थियो ?
सन् २००४ मा एक क्रिकेटको मैदानमा मेरो मन पहिलो चोटि मन टुटेको थियो । मलेशियामा भएको एक क्रिकेट खेलमा हामिलाई हराएको थियो । जहाँ म खेलको मैदानमा रोएको थिए ।
नोट : क्रिकेटर खड्काले गत साल फेबुअरी महिनामा आफ्नो बालापनको साथि प्राप्ति राज्य लक्ष्मि राणासंग बिबाह गरेका थिए ।

ADD

प्रतिक्रिया