Bisal Chautari Logo

रंगकर्मी शाह अमेरीकामा सम्मानित

- ७ चैत्र २०७०, शुक्रबार १३:३० मा प्रकाशित


Krishna-Shah-Yatri-in-USA-Programme
विशाल चौतारी समाचार
काठमाडौं, ७ चैत ।
नेपाली नाटक तथा रंगमञ्चको क्षेत्रमा साढे दुई दशकदेखि निरन्तर सक्रिय रहदै आएका रंगकर्मी एवं प्राज्ञ कृष्ण शाह यात्री अमेरिकामा सम्मानित भएका छन् ।
यात्रीलाई २ मार्चमा अमेरिकाको न्युयोर्कमा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा पुगेका यात्रीलाई अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’ ले नाट्य–सम्मान गरेको हो । यात्रीले नाटकमार्फत समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।
साथै, यात्रीलाई अमेरिकाको वासिंगटन डिसीमा सक्रिय चारवटा विभिन्न कला र साहित्यिक संघसंस्थाले पनि संयुक्त रूपमा सम्मान गरेको छ । ८ मार्चमा मेरिल्यान्डको सिल्भर स्प्रिङमा आयोजित कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठान, अमेरिका नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय कलाकार मञ्च र अनेसास डिसी म्याट्रो च्याप्टरले उनलाई रंगमञ्चीय क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । यात्रीलाई अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत ऋषि घिमिरेले सम्मान–पत्र प्रदान गरेका थिए ।
५ मार्चमा अमेरिकाको बोस्टनमा आयोजित ‘सर्जकसाग एक सााझ’ कार्यक्रममा यात्री अतिथिका रूपमा सहभागी थिए । उनले कार्यक्रममा नाटकले विश्व रंगमञ्च खोजिरहेको चर्चा गर्दै बोस्टनका साहित्य सर्जकसागको विचार आदान–प्रदान भएको बताए । ‘सिर्जना उत्सव बोस्टन’ले समर्भिलमा आयोजना गरेको कार्यक्रममा यात्रीले नेपाली रंगमञ्चका फराकिलो बन्दै गएको पाटोको चर्चा गर्दै भाषा र साहित्यलाई भौगोलिक सिमानाले छेक्न नसक्ने बताएका थिए ।
तीनहप्ते अमेरिकी भ्रमणका क्रममा नाटककार यात्रीले अमेरिकाका सातवटा स्टेटका विभिन्न स्थान भ्रमण गरी त्यहााको वस्तुस्थिति र नेपाली डायोस्पोरिक जीवनलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएको बताए । उनले अमेरिकामा साधनारत एवं कार्यरत सयौा नेपाली लेखक र कलाकारसाग कार्यक्रमको सन्दर्भमा भेटघाट भएको जानकारी गराए । यात्रीले भने, ‘अमेरिकाबाट नाटकका लागि नयाा कथा र पात्र लिएर फर्किएको छु ।’

add

प्रतिक्रिया