Bisal Chautari Logo

नक्सालमा खुल्यो ‘सजिनाज् क्रियसन’

- २६ भाद्र २०७६, बिहीबार १०:३९ मा प्रकाशित


actress barsha raut
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र २६ बिहिवार
। अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् ।

रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् । क्रियसनकी संचालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन् ।
कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ ।

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल ब्राइडल इन्डोवेस्टन गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।
नेपाली फिल्म म्युजिक भिडियो फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन सजिनाले भनिन् यो मेरो अध्यायन र सौखको बिषय पनि हो । अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।
बुटिक फेसन भन्ने वित्तिकै महँगो होला भन्ने बुझाइ आम मानिसमा छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी सजिनाज् क्रियसन सञ्चालनमा ल्याइएको हो ।
अभिनेत्री बर्षाबाट बुटिक किन उद्घाटन गर्नु भयो ? मिडियाले सोधेको प्रश्नमा संचालक बिष्टले भनिन् अभिनेत्रीमा फेसन ट्रेन हुन्छ । उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन्।
बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन ।

प्रतिक्रिया