Bisal Chautari Logo

सन्नी सिनेमा ‘रागिनी एमएमएस २’का लागी पतिसहित नेपालमा

- ९ चैत्र २०७०, आईतवार ११:५५ मा प्रकाशित


Sunny Leone

विशाल चौतारी समाचार
काठमाडौं, ९ चैत ।
चर्चित पोर्नस्टार बन्दै बलिउड चलचित्र उद्योगमा प्रवेस गरेकी बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आएकी छन् । उनले आज ट्वीटरमार्फत ट्वीट गर्दै आफू आइतबार नेपाल आउन लागेको बताएकी थिइन् । अभिनेत्री सन्नि पति ड्यानिय डेवरसँग नेपाल आएकी हुन् ।
अभिनेत्री लियोनले ट्वीटमा भनेकी छन्, ‘आज नेपाल जाँदैछु । केही काम पछि विश्राम लिन्छु ।’ उनीद्धारा अभिनित चलचित्र ‘रागिनी एमएमएस २’ यहि शुक्रबारबाट रिलिज भएको छ । उक्त चलचित्र नेपाली हलहरुमा पनि प्रदर्शन भइरहेको छ । चलचित्रले नेपालमा राम्रो ब्यापर गरिरहेको छ । बताइए अनुसार अभिनेत्री सन्नि लियोन आफ्नो पछिल्लो चलचित्र  ‘रागिनी एमएमएस २’को प्रचारको लागी नेपाल आएकी हुन् । उनले भोली नेपाली पत्रकारसंग भेटघाट गर्ने बुझिएको छ । अभिनेत्री सन्निले बलिउडमा चलचित्र ‘जिस्म– २’बाट प्रवेश गरेकी थिइन् ।

add

प्रतिक्रिया