Bisal Chautari Logo

‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

- २२ भाद्र २०७६, आईतवार ०९:१२ मा प्रकाशित


poi paryo kale movie Title song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र २२ आइतवार ।
मल्टि स्टार चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । दिपावलीको अवसर पारेर कार्तिक ८ गते रिलिज गर्न लागेको फिल्म ‘पोई पर्याे काले’को शीर्ष गीत काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, नृपेश उप्रेतीको शब्द, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ ।

गीतको भिडियोमा मुख्य कलाकारहरु नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा कलाकारद्धय सोहित मानन्धर र सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया