Bisal Chautari Logo

हङकङमा ‘भीमदत्त‘लाई ३० लाख, प्रर्दशन अगावै लगानि उठ्ने आसा

- ९ चैत्र २०७०, आईतवार १७:२१ मा प्रकाशित


bhimdatta-nepali-movie
विशाल चौतारी समाचार
काठमाडौं, ९ चैत ।
नेपालमा रिलिज नगरी, विभिन्न देशहरुमा रिलिज गरिरहेको चलचित्र ‘भिमदत्त’ले राम्रो कलेक्सन गरिरहेको चलचित्रका निर्माता नवल खड्काले बताएका छन् । सहिद भीमदत्त पन्तमाथि बनाइएको चलचित्र ‘भीमदत्त’ चीनमै पहिलोपटक सार्वजनिक प्रदर्शन भएको सिनेमाले हङकङमा पनि प्रदर्शन गरिएको निर्माता खड्काले बताएका छन् ।
चलचित्रमा अभिनेता समेत रहेका खड्काले बताए अनुसार हङकङमा दुई शो भएको र उक्त शोबाट करिब ३० लाख रपैयाँ आम्दानी भएको छ । हङकङमा अझै दुई शो हुने उनको भनाई रहेको छ । निर्देशक हिमग्याप टासी लामाको निर्देशनमा बनेको चलचित्रलाई ९ मार्चमा गैरआवसीय नेपाली समाज चीनको पहलमा व्यापारिक सहर ग्वान्जाउमा र मार्च २ र १५ मा हङकङमा प्रदर्शन गरिएको थियो ।
२००७ सालको परिवर्तनपछि सन् १९५० को सन्धि धोका भन्दै विद्रोह गरेका भीमदत्तलाई भारतीय र तत्कालीन शाही सेनाले पनि मार्न नसकेपछि मितलाई प्रयोग गरेर झुक्याएर २०१० साउन १७ मा मारिएको थियो । २७ वर्षको उमेरमा मारिएका भीमदक्त २००७ मा कांग्रेसको मुत्तिसेनाको तर्फबाट प्रजातन्त्रका लागि लडेका थिए । उनै भीमदक्तमाथि बनाईएको यो चलचित्रलाई अमेरिका, युके, दुबई, ब्रुनाई, सिंगापुर, थाईल्याण्ड, कतार, इजरायल लगायत दुई दर्जन देशमा फिल्म रिलिज गर्ने तयारी गरेको नवलको भनाई छ ।
झन्डै डेढ करोड लगानी दाबी गरिएको चलचित्रमा भीमदत्तको भूमिकामा अभिनेता नवल स्वयं देखिएका छन् । उता भिमदत्त पत्नीको भूमिका सुमिना घिमिरे रहेका छन् । अन्य भूमिकामा निशा अधिकारी, श्रीराम पुडासैनी र रमेश बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

add

प्रतिक्रिया