Bisal Chautari Logo

माइकलको निर्देशनमा रमेश र कविताको रोमान्स (भिडियो सहित)

- १३ भाद्र २०७६, शुक्रबार ०६:५५ मा प्रकाशित


Kabita Nepali and Ramesh Sodari music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र, १३ शुक्रबार ।
किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘क्या हो त कान्छी‘’ सार्वजनिक भएको छ । मिना निरौला र सागर अधिकारी ‘शरद’को स्वर र सागरकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा कविता नेपाली र रमेश सोडारीलाई फिचरिङ गरिएको छ । भिडियोमा कविता र रमेशको रोमान्स देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
डा. डीआर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया