Bisal Chautari Logo

लामा म्युजिक भिडियो लिएर आउदै

- १० चैत्र २०७०, सोमबार ०४:३८ मा प्रकाशित


Sekhar Chyan Lama
विशाल चौतारी समाचार
काठमाडौं, १० चैत ।
गायक शेखर च्यान लामा अब छिट्टै नै नेपाली संगीत प्रेमीहरु माझ नयाँ म्युजिक भिडियो लिएर आउने भएका छन् । गायक लामाको बगैंचा एल्बममा समावेश छुर्पी मिठो फुङिलङको बोलको गीतको म्युजिक भिडियो उनले भर्खरै मात्र छायांकन सकाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको रमणीय स्थान भोटेचौरमा गत शुक्रबार उनको यस म्युजिक भिडियो दिपक विष्टको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेका हुन् ।  शिवराज गुरुङको शब्द संगीतमा रहेको यस गीतको म्युजिक भिडियोमा चचिर्त मोडेल पावल शाह र हेली तामाङले अभिनय गरेका छन् । एसियन म्युजिकबाट बजारमा आउने यो म्युजिक भिडियो छिट्टै नै सार्वजानिक गरिने भएको छ ।

add

प्रतिक्रिया