Bisal Chautari Logo

चलचित्र ‘छ माया छपक्कै’को फर्स्ट लुक सार्वजनिक

- १० भाद्र २०७६, मंगलवार ११:४८ मा प्रकाशित


chha maya chhapakkai
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र १० मंगलवार।
दिपक दिपाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक सार्वजनिक भएको छ । निर्माण टिमले फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा केकी अधिकारी घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे केकी तिर नजर लगाईरहेका छन् । उनीहरु डोको माथि हात राखेर केकीलाई हेरिरहेका छन् । यो लुकले फिल्ममा केहि फरकपन भएको आभाष गराउँछ । दिपक– दिपाको फिल्म भनिए पनि पोस्टरमा दिपा श्री निरौला अटाउन सकेकी छैनन्। फिल्ममा दिपक राज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको छ ।
दिपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् भने सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी सह निर्माता रहेका छन् । निर्माण टिमको फिल्म दशैंमा रिलिज गर्ने लक्ष्य रहेको तर पनि अझै प्रदर्शन मिति तय गरिएको छैन ।

प्रतिक्रिया