Bisal Chautari Logo

’मारुनी’ प्रचार प्रसारका लागी नेपाल टुरमा निस्किएका पुष्प र साम्राज्ञीको लोभलाग्दो क्रेज

- ५ भाद्र २०७६, बिहीबार ११:२३ मा प्रकाशित


puspa khadka and samragyee rl shah
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ५ बिहिवार ।
भाद्र १३ बाट प्रदर्शनमा आउने फिल्म ’मारुनी’ प्रचार प्रसारका लागी नेपाल टुरमा हिडेको छ । नेपाल टुरको सुरुवात सुनसरीको इटहरीबाट भएको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा फिल्मको मुख्य नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शक संग साक्षातकार गरेका थिए ।

लगभग ३ हजार मानिसको उपस्थिति रहेको कन्सर्टमा पुष्प र साम्राज्ञीले जाम न माया जाम र सक्दिन म बाच्न गीतमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा स्थानिय मोडलहरुले मारुनीको टि(सर्टमा र्याम्प वाक गरेका थिए । साथमा अन्या थुप्रै प्रस्तुती पनि भएको थियो ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह(निर्मातामा रहेका छन । फिल्ममा पुष्प र साम्राज्ञी संगै रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।


नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरीरहेका छन् । फिल्म कलरको जिम्मा रेनिश फागोले लिएका छन् ।

प्रतिक्रिया